• ट्रेण्डिङ :

रुस र दक्षिण कोरियाली आणविक दूतमाझ छलफल

रुस र दक्षिण कोरियाली आणविक दूतमाझ छलफल

cnewsnepal

मंगलबार, भाद्र ८ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


सोल । रुस र दक्षिण कोरियाली आणविक दूतका माझ कोरियाली प्रायद्वीपको विषयमा छलफल भएको छ । दक्षिण कोरियाली विदेश मन्त्रालयले सो विषयमा जानकारी दिएको हो ।

मन्त्रालयका अनुुसार दुई देशका आणविका दूतका माझमा कोरियाली प्रायद्वीपको पछिल्लो गतिविधि र अवस्थाका बारेमा कुराकानी भएको छ । कोरियाली प्रायद्वीपका लागि दक्षिण कोरियाली विशेष दूत नो क्यू डुकले रुसी उपविदेशमन्त्रीमाझ भदौ ८ गते कुराकानी भएको हो ।

रुसी उपविदेशमन्त्री इगोर मोरगुलोभ छ दिनको भ्रमणका लागि भदौ ७ गते दक्षिण कोरिया पुग्नुभएको छ । उहाँ कोरियाली प्रायद्वीपका लागि रुसी विशेष दूत हुनुहुन्छ ।

उहाँहरूको माझमा कोरियाली प्रायद्वीपको पछिल्लो अवस्थाका साथै सो क्षेत्रमा अपनाउनुपर्ने निशस्त्रीकरणका बारेमा पनि आवश्यक छलफल भएको कोरियाली विदेश मन्त्रालयले जानकारी दिएको छ । (रासस/सिन्ह्वा)

प्रतिक्रिया
सम्बन्धित समाचार