• ट्रेण्डिङ :

आज थप २४८२ कोरोना संक्रमण पुष्टि : १७८१ जना डिस्चार्ज, ४४ को मृत्यु

आज थप २४८२ कोरोना संक्रमण पुष्टि : १७८१ जना डिस्चार्ज, ४४ को मृत्यु

cnewsnepal

बुधबार, भाद्र ९ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं, ९ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार आज १५ हजार २९० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको जानकारी दिएका हुन्।

पछिल्लो २४ घण्टामा ९ हजार ७११ जनाको पिसिआर र ५ हजार ५७९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। त्यस्तै, १ हजार ७ सय ८१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।  कोरोना संक्रमणबाट थप ४४ जनाले ज्यान गुमाएका छन्। यो सँगै मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार