• ट्रेण्डिङ :

काठमाडौं उपत्यकामा थप ४७८ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा थप ४७८ जनामा कोरोना संक्रमण

cnewsnepal

आइतबार, भाद्र १३ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


१३ भदौ काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार थप ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३१२, ललितपुरमा ११४ र भक्तपुरमा ५२ जना संक्रमित थपिएका हुन्।

यीसहित हाल उपत्यकामा ८ हजार ९७४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। काठमाडौं जिल्लामा ५ हजार २९८, भक्तपुरमा १ हजार ३५१ र ललितपुरमा २ हजार २२५ जना सक्रिय संक्रमित छन्।

हालसम्म काठमाडौं जिल्लामा २ हजार ८५, भक्तपुरमा ४१३ र ललितपुरमा ६४० जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ।

यस दिन देशभर १ हजार ३८८ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २९७ जनाको परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्

प्रतिक्रिया
सम्बन्धित समाचार