• ट्रेण्डिङ :

मुलुकभर १६२३३ जनाको परीक्षण गर्दा २२९५ जनामा कोरोना पुष्टि, १६ को मृत्यु

मुलुकभर १६२३३ जनाको परीक्षण गर्दा २२९५ जनामा कोरोना पुष्टि, १६ को मृत्यु

cnewsnepal

सोमबार, भाद्र १४ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार २९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार २३३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार २९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ११ हजार ८९२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ९०२ जना र ४ हजार ३४१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ४४ हजार ४८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १८०८ जना कोरोनामुक्त भए, १६ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ८०८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख १४ हजार ५२० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १६ हजार २३३ जनाको परीक्षण हुँदा हालसम्म कुल ४३ लाख ७१ हजार ८६९ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ७३० पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार