• ट्रेण्डिङ :

मुलुकभर १२२२२ जनाको परीक्षण गर्दा १६६४ जनामा कोरोना पुष्टि, २० को मृत्यु

मुलुकभर १२२२२ जनाको परीक्षण गर्दा १६६४ जनामा कोरोना पुष्टि, २० को मृत्यु

cnewsnepal

मंगलबार, भाद्र १५ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २२२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार ११७ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ५२३ जना र ३ हजार १०५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ४६ हजार १५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १७८६ जना कोरोनामुक्त भए, २० को मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ७८६ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख १६ हजार ३०६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार २२२ जनाको परीक्षण हुँदा हालसम्म कुल ४३ लाख ८४ हजार ०९१ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २० संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ७५० पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार