१८ भदौ,काठमाडौं । कोरोना महामारीका कारण बन्द अवस्थामा रहेको चन्द्रागिरि केबलकार भाेली शनिबार देखि सञ्चालनमा आउने भएको छ ।
चन्द्रागिरि हिल्स प्रालिले भदौ १९ गते शनिबार देखि नियमित चन्द्रागिरि केबलकार सञ्चालन गरिन लागिएकाे हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहाले बताएका हुन् ।

‘कोभिड–१९ को कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवा आउँदो शनिबारदेखि भाद्र १९ गतेबाट स्वास्थ सुरक्षा मापदण्डका साथ पुनः सन्चालन हुने शाहाले बताए ।

केवलकारमा यात्रा गर्ने यात्रु तथा पर्यटकहरूलाई कम्पनीले स्वास्थ सुरक्षाका नियम अनिवार्य पालना गरिदिन समेत अनुरोध गरेको छ ।
पाैराणिक महत्त्व बाेकेकाे भालेश्वर मन्दिर दर्शन गर्न भारत लगायत देशहरूबाट समेत चन्द्रागिरि पुग्ने गरेका छन् ।
कम्पनीका महाप्रबन्धक शाहाले नेपालकै उच्च स्थान चन्द्रागिरि हिल्समा जिप लाईन समेत भाेलीबाट सुभारम्भ गर्ने भएकाे छ ।
पछिल्लो समय चन्द्रागिरि अान्तरिक तथा बाह्यय पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य स्थल बनिसकेकाे छ ।