• ट्रेण्डिङ :

आजदेखि चन्द्रगिरी केवलकार र रिसाेर्ट बन्द

आजदेखि चन्द्रगिरी केवलकार र रिसाेर्ट बन्द

cnewsnepal

आइतबार, चैत्र ९ २०७६
पढ्न लाग्ने समय: < १ मिनेट


९ चैत्र काठमाडौं ।चन्द्रगिरी हिल्सको केवलकार केही दिनका लागि आजवाट बन्द हुने भएको छ।

बिश्वब्यापी रूपमा फैलिरहेकाे काेराेना भाईरसकाे महामारीले गर्दा आइतबारदेखि चन्द्रगिरी हिल्सको केवलकार केही दिनका लागि बन्द गर्न लागेको हाे ।

हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले सरकारकाे नीति र निर्देशन पालनाका साथै राेग फैलन सजक हुनु पर्ने भन्दै हिल्सकाे बाेर्डकाे निर्णय अनुसार केही दिनकाे लागि केवलकार बन्द हुने जानकारी दिए।

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै अतिआवश्यकबाहेकका सेवा बन्द गर्न निर्देशन दिएका थिए।

‘अस्ति सरकारले अतिआवश्यक सेवाबाहेकका अन्य बन्द गर्न निर्देशन दिएसँगै हामीले पनि बन्द गर्न लागेका हौं,’ शाहले भने अर्काे निर्णय नभए सम्म बन्द रहने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार