• ट्रेण्डिङ :

आजबाट सुरू हुँदै बागमती प्रदेशका एमाले वडाध्यक्षहरूको भेला

आजबाट सुरू हुँदै बागमती प्रदेशका एमाले वडाध्यक्षहरूको भेला

cnewsnepal

आइतबार, जेष्ठ ११ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


११ जेठ,काठमाडौं । नेकपा (एमाले) बाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरूको भेला आजदेखि ललितपुरको गोदावरीस्थित होटल भ्यू भृकुटीमा सुरू हुँदैछ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे भेलाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार, ओलीले उद्घाटन सत्रलाई सम्बोधन गर्दै वडास्तरमै जनधारणा बुझेर पार्टी नीति निर्माण गर्नुपर्ने विषयमा निर्देशन दिने अपेक्षा गरिएको छ।

एमाले बागमती प्रदेश कमिटीका अनुसार, प्रदेशका १० वटा जिल्लाबाट निर्वाचित ३५९ जना वडाध्यक्षहरू भेला सहभागी हुनेछन्।

वडाध्यक्षहरूसँग प्रत्यक्ष जनसम्पर्कमार्फत पार्टी र सरकारप्रति जनताको धारणा बुझ्ने र त्यसअनुसार नीति तथा कार्यक्रम निर्माण गर्ने उद्देश्यले भेला आयोजना गरिएको हो।

प्रदेश इन्चार्ज डा. राजन भट्टराईका अनुसार, पार्टीको संगठन सुदृढ बनाउन र जनअपेक्षालाई सम्बोधन गर्ने रणनीति तय गर्न भेला विशेष उपयोगी हुने विश्वास लिइएको छ।

भेला आज र भोलि सञ्चालन हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार