• ट्रेण्डिङ :

आज थप ३४५१ संक्रमण पुष्टि : २४५८ जना डिस्चार्ज, ३५ को मृत्यु, उपत्यकामा ९६१ संक्रमित

आज थप ३४५१ संक्रमण पुष्टि : २४५८ जना डिस्चार्ज, ३५ को मृत्यु, उपत्यकामा ९६१ संक्रमित

cnewsnepal

सोमबार, साउन ३२ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं, ३२ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

योसंगै कुल संक्रमितको संख्या ७ लाख ३४ हजार ८ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ६ सय ११ जनाको परीक्षणमा २५ सय ६६ पिसीआर र ८ सय ८५ एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।

आज २ हजार ४ सय ५८ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा ६ लाख ८५ हजार १ सय ४० जना संक्रमणमुक्त भएका हुन् ।

कोरोना संक्रमणबाट आज थप ३५ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ३ सय २७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, काठमाडौं उपत्यकामा ९६१ संक्रमित थपिएका छन्।

काठमाडौंमा ६७७, भक्तपुरमा ११७ र ललितपुरमा १६७ संक्रमित थपिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार