• ट्रेण्डिङ :

आज मध्यरातबाट बजेट खर्च गर्न नपाउने

आज मध्यरातबाट बजेट खर्च गर्न नपाउने

cnewsnepal

बुधबार, भाद्र ३० २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं, भदौ ३० । सरकारले बुधबार (आज) मध्यरातबाट सरकारी कोष खर्च गर्न नपाउने भएको छ ।

अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न ल्याइएको विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित नभएपछि सरकारले केही दिनका लागि खर्च गर्न नपाउने भएको हो ।

विधेयक पारित नभएसम्म सरकारी कोषबाट खर्च गर्न नपाइने अवस्थालाई ‘बजेट होलिडे’ भनिन्छ । सरकारले बजेट होलिडेको अवस्थामा खर्च गर्न नपाए पनि विभिन्न क्षेत्रबाट हुने रकम संकलन गर्न भने पाउने छ ।

प्रतिनिधिसभा बैठकमा नेकपा एमालेले अवरोध जारी राखेका कारण विनियोजन विधेयक पारित हुन सकेको छैन । सरकारले असोज ४ गते बस्ने प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार