मन्त्रालयको अनुसार १० हजार ५ सय ४ जनाको परीक्षणमा १२१८ पिसीआर विधिबाट र ६५७ जना एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।
आज १ हजार २ सय ८६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख १५ हजार ६ सय १३ जना संक्रमणमुक्त भएका छन् ।
कोरोना संक्रमणबाट आज थप २९ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ३ सय २० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार