काठमाडौं, २७ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै कुल संक्रमितको संख्या ७ लाख ७७ हजार १ सय ६३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल ११ हजार १८ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।
यस अवधिमा १ हजार ४२३ जना कोरोनाबाट मुक्त भएका छन्। नेपालमा कूल संक्रमितमध्ये ७ लाख ३९ हजार ४५७ जना संक्रमणमुक्त भइसकेका छन् । थप १३ जनाको संक्रमणका कारण मृत्यु पुष्टि भएको छ।
यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९४९ पुगेको छ ।आज थपिएका संक्रमितमध्ये ३०९ जना काठमाडौं उपत्यकाका छन्। काठमाडौँमा १ सय ८७ , ललितपुरमा ५६ र भक्तपुरमा ६६ संक्रमित थपिएका हुन् ।