• ट्रेण्डिङ :

ऋचा सह शिक्षा सदनका सबै विद्यार्थी एसईईमा सफल, २३ जना A+ सहित उत्कृष्ट नतिजा

ऋचा सह शिक्षा सदनका सबै विद्यार्थी एसईईमा सफल, २३ जना A+ सहित उत्कृष्ट नतिजा

cnewsnepal

मंगलबार, असार १७ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ, चन्द्रागिरि – चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित ऋचा सह शिक्षा सदनले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सतप्रतिशत सफलता हासिल गरेको छ।

विद्यालयका ४३ जना सहभागी विद्यार्थीहरूमध्ये २३ जनाले A+ ग्रेड, १७ जनाले A ग्रेड र बाँकी ३ जनाले B+ग्रेड प्राप्त गरेका छन्।

विद्यालयका संस्थापक नवराज खड्काका अनुसार “विद्यार्थी, अभिभावक र विद्यालयबीचको समन्वय”लाई उनले सफलताको मूल आधार मानेका छन्।

स्थापनाकालदेखि नै संस्कारसहितको गुणवत्तापूर्ण शिक्षालाई प्राथमिकता दिँदै आएको यस विद्यालयले विद्यार्थीको सर्वाङ्गिण विकासमा जोड दिएको छ। यही प्रतिबद्धताको नतिजास्वरूप विद्यालयले यसअघि पनि एसईई परीक्षामा काठमाडौँको पश्चिम भेगका शीर्ष १० उत्कृष्ट विद्यालयहरूमा स्थान बनाउँदै “सर्वोत्कृष्ट विद्यालय पुरस्कार” समेत प्राप्त गरिसकेको छ।

विद्यालयले हासिल गरेको निरन्तर सफलता र गुणात्मक शैक्षिक नतिजाले स्थानीय क्षेत्रका अभिभावकहरू माझ यसको विश्वसनीयता अझ बलियो बनाएको देखिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार