• ट्रेण्डिङ :

एकैदिन तोलामा ५ हजारले बढ्याे सुनको मूल्य

एकैदिन तोलामा ५ हजारले बढ्याे सुनको मूल्य

cnewsnepal

बुधबार, जेष्ठ ७ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


 ७ जेठ,काठमाडौँ। अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ।

विगत तीन दिनदेखि स्थिर रहेको पहेँलो धातुको मोल आज तोलामा रु पाँच हजारले वृद्धि भएको छ। चाँदी पनि तोलामा रु ५० ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८९ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु एक हजार ९९० मा कारोबार भइरहेको छ।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३२१ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार