• ट्रेण्डिङ :

एफएनसीसीआईद्वारा सीएनआईका नवनिर्वाचित पदाधिकारीको स्वागत

एफएनसीसीआईद्वारा सीएनआईका नवनिर्वाचित पदाधिकारीको स्वागत

संस्थागत सहकार्य र कार्यगत एकतामा दुवै संस्थाद्वारा जोड

cnewsnepal

मंगलबार, साउन १९ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


१९ साउन काठमाणडाै । मुलुकको समृद्धिका लागि निजी क्षेत्रका संस्थाहरूले संस्थागत सहकार्य र कार्यगत एकता
गर्दै साझा एजेण्डामा काम गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ(सीएनआई)का पदाधिकारीहरूले सो
कुरामा जोड दिएका हुन ।

महासंघले सीएनआईका नवनिर्वाचित पदाधिकारीहरूकोसम्मानमा आज महासंघ सचिवालयमा स्वागत कार्यक्रमको आयोजना गरेको थियो ।कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले सीआनआईका पदाधिकारीहरूको
स्वागत गर्दै कार्यगत एकताको प्रस्ताव राख्नुभएको थियो । उनले निजी क्षेत्रको प्रवद्र्धनका लागि काम गर्न अपरिहार्य भएकाले दुवै संस्था बीच साझा एजेण्डा तय गरेर अगाडी जानुपर्नेमा सो अवसरमा जोड दिए  ।

कोरोना महामारिबाट मुलुुकको अर्थतन्त्र उद्योग व्यवसाय कमजोर बनेका समयमा श्रमिक कामदारको तलवको विषय, कृषिमा विदेशी लगानी, बन्द हड्ताल लगायतका इस्यूमा भएका सहकार्यबाट निकै ठूलो सफलता प्राप्त भएकाले आगामी दिनमा पनि प्राथमिकता तय गरी जानुु पर्नेमा उनकाे भनाइ छ ।

सो अवसरमा सीएनआईका नवनिर्वाचित अध्यक्ष सहित पदाधिकारीहरूको स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष शेखर गोल्छाले सीएनआईको नयां नेतृत्वसंग सहकार्य गर्न महासंघ तत्पर रहेको बताए  ।

दुवै संस्थाको स्ट्रेन्थबाट थुप्रै कार्य गर्न सक्छौं, अध्यक्ष गोल्छाले भने, हामीले आउने दिनमा अझ
बढी सहकार्यका हातहरू अगाडि बढाउनै पर्छ ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघई, कोषाध्यक्ष सुुकुुन्तलाल हिराचन, सीएनआइका उपाध्यक्षहरू कृष्ण प्रसाद अधिकारी, राजेश कुमार अग्रवाल,
वीरेन्द्रराज पाण्डे, राज बहादुर शाह र हेमराज ढकालले अर्थतन्त्रको करिव ७० प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्र माथि अहिले पनि पुरानै मानसिकताबाट हेर्ने दृष्टिकोण रहेकाले यसमा आमुुल परिवर्तन आवश्यक रहेको बताउनुभयो । आउंदा दिनमा अर्थतन्त्रका अगाडि निकै ठूला चुनौतीहरू आउने सम्भावना रहेकाले त्यसका लागि
सिंगो निजी क्षेत्रलाई एक बनाएर लैजानुपर्नेमा पनि मा जाेड दिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार