• ट्रेण्डिङ :

कक्षा १२ को परीक्षा भाद्र ३० गतेबाट (परीक्षा तालिकासहित)

कक्षा १२ को परीक्षा भाद्र ३० गतेबाट (परीक्षा तालिकासहित)

cnewsnepal

बुधबार, भाद्र १६ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


१६ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ ।
यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो । तर कोरोना भाइरस संक्रमण बढेको भन्दै स्थगित गरिएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले विद्यार्थीहरुको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुनेछ ।  सरकारले यसअघि परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप अभियान समेत सञ्चालन गरिसकेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार