१८ भाद्र काठमाडौं । मंसिर ४ गते हुने आसन्न प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्वर १० बाट नेपाली राजनितीमा प्रमुख भनिएका दल सत्ता पक्ष पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आफ्नो उमेदवारी सुरक्षीत गर्न दौडधुपमा ब्यस्त भएका छन् ।
दक्षिणकाली नगरपालिका, किर्तीपुर नगरपालिका र चन्द्रागिरी नगरपालिकाको २,३,४,५,६,७,८,९,१० र ११ गरि १० वटा वडा समेटीएर काठमाडौं क्षेत्र नम्बर १० बनेको छ ।
२०७४ सालको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मत बिश्लेषण लाई आधार मान्दा प्रतिनिधीसभा र प्रदेशसभामा नेपाली काँग्रेसको पकेट क्षेत्र मानिएको यो निर्वाचन क्षेत्रमा पाँच दलिय गठबन्धन कायम गर्न निकै मेहनत गर्नुपर्ने देखिन्छ ।
यस क्षेत्र वाट प्रतिनिधी सभामा फेरि पनी पुर्व मन्त्री राजेन्द्र कुमार केसी राजन दोहोरीने सम्भावना छ । उनी नेपाली काँग्रेसवाट २०७० सालको आम निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई हराएर चर्चामा आएका थिए ।
केसीले २०७४ को निर्वाचनमा पनि माओवादी नेता हितमान शाक्यलाई २२८३ मतले हराएर विजयी भएका थिए । उनी गठबन्धनवाट आफ्नै क्षेत्रवाट चुनाव लड्ने पक्का पक्की जस्तै छ ।
प्रतिनिधी सभा र प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेस बलियो देखिएको यो निर्वाचन क्षेत्रमा सत्तागठबन्धनको खिचातानी हुने सम्भावना देखेर यता नेकपा एमाले यस क्षेत्र बाट प्रतिनिधी सभा तर्फ सरव कुमार महर्जन, हिमेश के.सी, शम्भुराम महर्जन, भक्तलाल श्रेष्ठ, बिनोद श्रेष्ठ, सुरेन्द्र मानन्धर र रमेश महर्जन लाई अघी सारेको छ ।
दक्षिणकाली नगरपालिका र किर्तीपुर नगरपालिका गरी १९ वडा मिली बनेको यस प्रदेश १० “क” मा गएको २०७४ को प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसका पुकार महर्जन १०१२ बढी मतले नेकपा माओबादी केन्द्रका दिलीप महर्जन लाई हराउदै बिजयी भएका थिए । यता स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धन भएको देखिदैन ।
स्थानिय तहको निर्वाचनमा दक्षिणकाली नगरपालिका र किर्तीपुर नगरपालिकाका १९ वडा रहेको यस निर्वाचन क्षेत्रमा किर्तीपुरको वडा नम्बर ४ बाहेक सबै (९) वडामा नेपाली काँग्रेसले बिजय हासिल गरेको थियो भने वडा नम्बर ४ मा स्वतन्त्र उमेदवार बिजयी भएका थिए । यता ९ वटा वडा रहेको दक्षिणकाली नगरपालिकामा १,३ र ७ मा नेकपा एमालेले बिजय हासिल गरेको थियो भने नेपाली काँग्रेस ले २,४,५,६,८ र ९ मा जित हासिल गरेको थियो । यसरी हेर्दा नेपाली काँग्रेसले १५ वडामा आफ्नो पकट बनाउदा नेकपा एमोले ३ वडामा मात्र चित्त बुझाउनुपरेको थियो ।
पाँच दलीय सत्तागठबन्धले यस प्रदेशसभा निर्वाचनमा गएको प्रदेश सभा तथा स्थानीय निर्वाचनको आधार मानेर नेपाली कांग्रेसका उमेद्वार पुकार महर्जन लाईनै छोड्न पर्ने देखिन्छ भने नेकपा एमाले बाट गुन्जमान सिंह बस्नेत र शिबभक्ती बलामी अघी सरेको छ ।
यता चन्द्रागिरी नगरपालिकाको २,३,४,५,६,७,८,९,१०,११ गरि १० वडा समेटीएकोे यस प्रदेश १० “ख” मा गएको स्थानीय निर्वाचनमा सत्तागठबन्धनले केहि स्थानमा बाहेक अन्य स्थानमा साझा उमेद्वार दिन सकेको देखिन्न ।
स्थानीय तहको निर्वाचनमा १० वडा मध्ये २ र ५ नंबर वडा माओबादीको पोल्टामा परेको थियो भने ३,४,७,८,९ र ११ गरी ६ वटा वडामा नेपाली काग्रेसले बिजय हासिल गरेको थियो । यता नेकपा एमालेले ६ र १० गरि २ वटा वडामा चित्त बुझाएको थियो ।
यसरी वडा अध्यक्षहरुले पाएको मतलाई आधार मान्दा नेकपा एमाले ७००७ मत प्राप्त गरेको थियो भने वडा नंबर ५ मा माओबादी संग मिलेर साझा उमेद्वार उठाएका कारण नेपाली कांग्रेसले ५ नंबर वडा बाहेकका वडामा पाएको मत ८६९५ देखिन्छ । नेकपा माओबादी केन्द्रले २९३३ मतमा चित्त बुझाउनु परेको थियो भने अन्य सत्तागठबधनको उपस्थिती राम्रो देखिदैन ।
पाँच दलिय सत्तागठबन्धले यस प्रदेशसभा निर्वाचनमा साझा उमेद्वार उठाएमा यो निर्वाचन क्षेत्र सहजै सत्तागठबन्धनको पोल्टामा जाने देखिएता पनि नेपाली कांग्रेसको मत सहजै अन्य ४ दलिय उमेद्वार लाई नखसेको देखिन्छ । स्थानीय निर्वाचनको आधारलाई हेर्ने हो भने कांग्रेसका उमेद्वार भन्दा बाहिरका उमेद्वार लाई त्यती सहज नभएको स्थानीय जानकार बताउछन् ।
गत स्थानीय निर्वाचनलाई आधार बनाएर हेर्दा नेपाली कांग्रेसका आकांक्षी उमेद्वार मत संख्याको आधारमा यो क्षेत्र आफुहरुलेनै पाउनुपर्ने अडानमा छन् । नेकपा माओबादीले पनि आफ्नो दाबी प्रस्तुत गरेको छ । यता ७४ को निर्वाचनमा जीत हासिल गरेका कारण यस पटक आफुहरुले पाउनुपर्ने नेकपा एकीकृत समाजवादीकी नेत्री रमा आले मगरले बताइन ।
नेकपा एमालेवाट रामशरण आले, हरिभक्त महर्जन र बेलीमाया घले उमेदवारीको लागि कसरत गर्दैछन् भने पाँच दलिय गठबन्धनको तर्फ वाट नेपाली काँग्रेसका धर्मानन्द श्रेष्ठ, राजेन्द्र विक्रम बानिया ,ईश्वर लामा, राजेन्द्र महर्जन र पुरुषोत्तम उदास नेकपा एकीकृत समाजवादीका रमा आले मगर, राष्ट्रिय जनमोर्चा बाट मनहरी बलामी र नेकपा माओबादी केन्द्रवाट रुपा मर्हजन र गणेश बहादुर कुँवर लगायतले आफ्नो दाबी मजबुत देखाउन गाउँ टोलमा बक्लो उपस्थिती देखाएका छन् ।
७४ को निर्वाचनलाई फर्केर हेर्दा धर्मानन्द श्रेष्ठले ७०१७ मत ल्याउदा रमा आले मगरले ९९०३ मत ल्याउदै २८८६ बढी मतका साथ विजय हासिल गरेको देखिन्छ ।