• ट्रेण्डिङ :

कुलेखानी–कलंकी–हुमाने सडक आजबाट १९ दिनका लागि बन्द

कुलेखानी–कलंकी–हुमाने सडक आजबाट १९ दिनका लागि बन्द

cnewsnepal

शुक्रबार, जेष्ठ २ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२ जेठ,काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिनका लागि बन्द हुने भएको छ।

उक्त सडक खण्ड कालोपत्रे गर्ने कार्यका लागि सो अवधि (२०७२ जेठ २ देखि २०७२ जेठ २० सम्म) पूर्ण रूपमा सवारी आवागमन बन्द गरिने जनाएको छ।

सडक बन्द हुने भएपछि हेटौंडा–काठमाडौं वा काठमाडौं–हेटौंडा यात्रा गर्ने सवारीसाधनहरूले वैकल्पिक मार्गहरूको प्रयोग गर्न सूचित गरिएको छ।

वैकल्पिक रूपमा कान्तिलोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ मार्ग प्रयोग गर्न सवारीधनी र यात्रुहरूलाई आग्रह गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार