• ट्रेण्डिङ :

कोरोना नियन्त्रण र रोकथामका लागि सरकारलाई साथ दिन निजि क्षेत्रलाई प्रधानमन्त्री देउवाको आह्वान

कोरोना नियन्त्रण र रोकथामका लागि सरकारलाई साथ दिन निजि क्षेत्रलाई प्रधानमन्त्री देउवाको आह्वान

cnewsnepal

बुधबार, साउन ६ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


Nepali Congress President Sher Bahadur Deuba speaking at a Legislature-Parliament in Kathmandu, on Sunday, July 24, 2016. Photo: RSS

६ साउन काठमाडाैं ।प्रधानमन्त्री शेर बहादुर देउवाले कोरोना संक्रमणबाट जनताको जिवन रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।

बुधबार काठमाडौंमा नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीबाट जनताको जिवन रक्षा गर्न सरकार लागि परेको र यसका लागि नीजि क्षेत्रको साथ आवश्यक रहेको बताएका हुन् ।

उनले मुलुकमा बिकास लगाएत धेरै कुराको आवश्यक रहेपनि अहिले भने सरकारको ध्यान कोरोना नियन्त्रणमा ल्याउनेमा रहेको धारणा राखे।
प्रधानमन्त्री देउवाले नेपालमा कोरोनाको तेश्रो भेरियन्ट भित्रन नदिन हरसम्भव तयारी गरिरहेको उल्लेख गर्नुभयो । उहाले सवै नागरिकलाई खोपको पहुँचमा पुराउने प्रतिवद्धता दोहराए । कोरोना नियन्त्रण र रोकथामका लागि सरकारलाई साथ दिन उहाले निजि क्षेत्रलाई आह्वान पनि गरे र्नुभयो ।
उनले अहिलेको अर्थमन्त्री मेहनती र भिजन भएको भन्दै नेपालको अर्थतन्त्रलाई पहिलेको भन्दा सुधार गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले हरेक कुरामा मुलुक आत्मनिर्भर नभएसम्म जनताको समस्या समाधान गर्न नसक्ने बताए । उनले उपभोकताबादी अर्थतन्त्रलाई उत्पादनमुलक अर्थतन्त्रमा बदल्ने चुनौती रहेको धारणा राखे । उत्पादनबृद्धि नगरि आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न नसक्ने उनको भनाई छ । उहाले कोरोनाका कारण निजी क्षेत्रमा परेको असरलाई माथि उठाउन राहत कार्यक्रम ल्याउने बताए ।

त्यस्तै उद्योगी विनोद चौधरीले नेपाललाई नै दक्षिण एशियाली राष्ट्रमा नै लगानी गर्ने उत्कृष्ट गन्तव्य बनाउनका लागि प्राथमिकताका साथ सरकारले काम गर्नुपर्ने बताए । उनले मुलुकको बिकासका लागि स्रोत र साधनको अधिकतम प्रयोग गर्नुपर्ने धारणा राखे ।

त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष सचिश कुमार मोरले कोरोना महामारीका कारण निजि क्षेत्रमा देखिएका समस्याका बारेमा जानकारी गराएका थिए भने कार्यक्रममा केहि व्यवसायीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार