काठमाडौ ,गडयौला पालनबाट आम्दानी गर्न सकिन्छ भन्दा पत्यार नलाग्न सक्छ त्यो पनि व्यावसायिक रुपमा नै तर यो यथार्थ हो चन्द्रागिरी १२ हरियाली मा रहेको चन्द्रागिरि भर्मी कम्पोस्ट कम्पनि मा यहि काम भैरहेको छ र यो कम्पनी को संचालक हुन् गङ्गा ढुङ्गगेल थिङ ।
महिलाहरु ले पनि केही गर्नुपर्छ भन्ने मान्यता राख्ने गङ्गाले कम्पोस्टमल उत्पादन सुरु गरेको करिब २ बर्ष भयो ।बिशेषत कृषि उब्जनिका लागि मल उत्पदन गर्ने उदेश्यले सुरुवात गरेको यो कामले राम्रै आम्दानी समेत हुनेगरेको गङ्गा को भनाई छ ।
कम्पोस्ट मल उत्पादनका लागि गोबर र गड्योला आबश्यक पर्छ गड्योला ले गोबर लाई खाएपछी त्यो मल मसिनो र मलिलो बन्छ त्यो नै कृषि को लागि अतिउतम मानिन्छ । यश कम्पनीबाट कम्पोस्ट मलका अलावा गडयौला समेत बिक्री हुने गरेको छ जसको मूल्य प्रती किलो दुईहजार सम्म पर्ने जान्छ ।
राज्यले रासायनिक मलसमेत दिन नसक्ने र कम्पोस्ट मल उत्पादनमा खासै चासो दिएको पाईदैन ।रासायनिक मलको हाहाकार भएको अबस्थामा कम्पोस्ट मल उत्पादन लाई प्रोत्साहित गर्न सके स्थानीय स्रोतसाधन बाट उत्पादित कम्पोस्ट मल को प्रयोगबाट भएको उत्पादन रासायनिक मलको प्रयोग बाट भएको भन्दा कैयोगुणा राम्रो हुन्छ ।
राज्यले कृषिलाई प्राथमिकता दिने हो भने रासायनिक मलको सट्टा जैविक प्राङगारिक मल उत्पदन का लागि आनुदान र सहुलियतपूर्ण कर्जा को ब्यबस्था गरि उत्पादनकर्तालाई प्रोत्साहित गर्नुपर्ने उनको बुझाई छ ।
गङ्गा ले एक्लो प्रयासमा आफ्नै माटोमा केही गरौ भन्ने अभिलाषा का साथ आफुले यो काम सुरु गरेको बताईन । महिला शशक्तिकरण का ठुला ठुला नारा सुनेतापनि केही गरौ भनेर लागेका महिलाहरुलाई राज्यका निकायहरु बाट कुनै सहयोग नपाएको मा गुनासो रहेको बताईन ।
उनले उत्पदन गरेको मल कृषि ,तरकारी ,कौसी खेती ,फुल खेती मा प्रयोग का लागि खपत हुने गरेको छ । ठुला ठुला कृषि प्रयोजनका लागि भने उत्पादन लागत बढी पर्न जाने भएकोले कृषकलाई महगोपर्न जाने हुनाले खरिद गर्न गार्होपर्ने उनको भनाइ छ यसमा राज्यको तर्फबाट अनुदान पाए सस्तोमा मल उपलब्ध गराई उत्पादनमा जोड दिन सकिने उनको तर्क छ ।