• ट्रेण्डिङ :

गुहेश्वरी मर्चेन्ट बैंकिङ्गको २३ औं वार्षिकोत्सव सम्पन्न, सामाजिक उत्तरदायित्वलाई निरन्तरता

गुहेश्वरी मर्चेन्ट बैंकिङ्गको २३ औं वार्षिकोत्सव सम्पन्न, सामाजिक उत्तरदायित्वलाई निरन्तरता

cnewsnepal

आइतबार, असार १ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


१ असार,ललितपुर । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले आफ्नो २३ औं वार्षिकोत्सव विविध सामाजिक क्रियाकलापसहित भव्य रूपमा मनाएको छ।

वि.सं. २०५९ साल जेठ ३० गतेदेखि वित्तीय सेवा सञ्चालनमा ल्याएको यस संस्थाले २३ वर्ष पूरा गरी २४ औं वर्षमा प्रवेश गरेको हो।

वार्षिकोत्सवको अवसरमा बैंकले ललितपुरस्थित श्री अपाङ्ग सेवा संघलाई आगामी एक वर्षका लागि खाद्यान्न सहयोग निरन्तर दिने सम्झौता गरेको छ। यसअघि पनि सात वर्षदेखि लगातार सो संस्थालाई सहयोग गर्दै आएको गुहेश्वरी मर्चेन्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आएको जनाएको छ।

त्यसैगरी, वार्षिकोत्सवकै दिन, नेपाल रेडक्रस सोसाइटी ललितपुरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो।

संस्थाले वित्तीय साक्षरता तथा सामाजिक कार्यमा विगतदेखि सक्रियता देखाउँदै आएको र आगामी दिनहरूमा पनि यस्ता गतिविधिमा निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। हाल गुहेश्वरी मर्चेन्ट बैंकिङ्गले देशभर २३ वटा शाखा र ४ वटा विस्तारित काउण्टरमार्फत सेवा दिँदै आएको छ। बैंकले एटीएम, मोबाइल बैंकिङ्ग, डिम्याट खाता तथा लकर सेवा जस्ता आधुनिक सेवा पनि प्रदान गरिरहेको छ।

संस्थाले आफ्ना ग्राहक, शेयरधनी, शुभचिन्तक तथा नियमनकारी निकायप्रति आभार व्यक्त गर्दै अझ सरल, सुदृढ, विश्वसनीय तथा गुणस्तरीय सेवा प्रवाह गर्ने अठोट दोहोर्‍याएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार