राेसन दानी,काठमाडौं: चन्द्रागिरि नगरपालकिा दहचाेकमा रहेको दहचाेक युवा समुहले शनिबार रक्तदान कार्यक्रम गरेको छ।
कार्यक्रममा दहचोक युवा समुह द्वारा आयोजित सातौ खुल्ला रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेको समुहका अध्यक्ष राजु गिरीले बताएका हुन् । 
समुहका सचिव जीवन गिरीका अनुसार महिला, पुरुष, प्रौढ लगायतका उमेर समूहका नागरिकले रगतदान गरेका थिए। 
विभिन्न अस्पतालहरुमा ‘फ्रेस ब्लड’को अभाव रहेको समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको दहचाेक युवा समुहका पुर्व अध्यक्ष किरण गिरीले बताए। 
उक्त संस्थाले यसअधि पनि विभिन्न किसीमका समाजिक कार्य तथा नागरिकका सरोकारसंग सम्बन्धित विभिन्न किसीमका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। रगत दान गर्नेहरुलाई प्रमाणपत्र वितरण समेत प्रदान गरिएको थियाे ।
कार्यक्रममा संस्थाका अध्यक्ष राजु गिरीले एक थोपा रगतको कारण पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै रक्तदान जस्तो पवित्र कार्यमा सहभागी हुनेलाई धन्यवाद दिए।कार्यक्रमको आयोजना गर्ने सहयाेग हातहरू प्रति पनि उनले विशेष आभार प्रकट गरे।