१२ असार,धादिङ । धादिङको थाक्रेमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।
थाक्रे गाउँपालिका वडा नं ८ का जेष्ठ नागरीकहरुलाई जिम्बल घनश्याम स्मृति फाउन्डेसन द्धारा सम्मान गरीएको हाे ।
साउन १२ गते थाक्रे गाउंपालिका वडा नं ८ को समन्वयमा सम्पन्न उक्त कार्याक्रममा ७० बर्ष माथि उमेर समूहका १७० जना जेष्ठ नागरीकहरुलाई लौरो, पशुपतिनाथको चन्दन, रामनाम अङ्कित दोसल्ला , रुद्राक्षको माला लगाई सम्मान गरीएको आयाेजकलले जनाएको छ ।
कार्यक्रममा ५० जना ६० देखि ७० बर्ष उमेर समूहका जेष्ठ नागरीकरुलाई , रामनाम अङ्कित दोसल्ला , रुद्राक्षको माला प्रदान गरीएको थियो ।
कार्याक्रममा थाक्रे ८ का वडा अध्यक्ष रामेश्वर थापा, वडा सदस्यहरु तथा अन्य बिभिन्न सामाजीक ब्यक्तीत्वहरुको उपस्थिती रहेकाे थियाे ।
कार्यक्रममा उपस्थित जेष्ठ नागरीकहरुलाई स्थानीय प्रमीला सुवेदीले पशुपतीनाथको चन्दन तथा प्रसाद वितरण गरिन् ।
कार्यक्रमको सभापतीत्व स्व.जिम्बल घनश्याम सुवेदीका छाेरा जयराम सुवेदीले गरेका थिए ।
कार्यक्रमको संयोजन जगन्नाथ सुवेदीले गरेका हुन् । सम्मान कार्यक्रमले हामी सबैमा ज्येष्ठ नागरिकहरूप्रतिको कदर र कृतज्ञताको भावना झल्काउनुका साथै समाजमा सद्भाव, सेवा र भक्ति भावनाको विकास का निम्ति यस्ता कार्यक्रमहरू महत्वपूर्ण मानिने बिचार जिम्बल घनश्याम स्मृति फाउन्डेसनका संयोजक जगन्नाथ सुवेदीले ब्यक्त गरे ।
यस किसिमका कार्यक्रमलाई भविष्यमा अझ प्रभावकारी बनाउने सन्दर्भमा विचार, सुझाव र सहयोगको निमित्त आव्हान समेत गरीएको थियो ।
हेर्नुस तस्बिरहरू
