• ट्रेण्डिङ :

नयाँ बसपार्कको लोत्से मलमा खुल्यो ‘एन्जेलिना ब्यूटी सैलुन’

नयाँ बसपार्कको लोत्से मलमा खुल्यो ‘एन्जेलिना ब्यूटी सैलुन’

cnewsnepal

बुधबार, भाद्र १६ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


१६ भदौ,काठमाडौँ । काठमाडौँको नयाँ बसपार्कमा रहेको लोत्से मलमा सुविधासम्पन्न ‘एन्जेलिना ब्यूटी सैलुन’ सञ्चालनमा आएको छ ।

कोरोना महामारीका बिच काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्कमा रहेको लोत्से मलको दोस्रो तलामा कुमारी बैँकसँगै उक्त सैलुन सञ्चालनमा आएको हो ।

भर्खरै सञ्चालनमा आएको उक्त सैलुनको लोत्से मलका सञ्चालक आकृति कुँवरले आज एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो । कार्यक्रममा कुँवरले मुलुकको आर्थिक विकासमा युवाको महत्वपूर्ण भूमिका रहेको भन्दै युवाले गरेको उक्त कार्यको उच्च प्रशंशा गरिन ।

१३ वर्षदेखि वालाजुको बाइपासमा एन्जेलिना ब्यूटी पार्लर सञ्चालन गर्दै आउनुभएकी अन्जना थापाले एकल लगानीमा नयाँ बसपार्कस्थित लोत्से मलमा उक्त सैलुनको सेवा विस्तार गरेकी हुन् ।

“पहिला महिलाहरुलाई लक्षित गर्दै आएको उक्त ब्यूटी पार्लरले पछिल्लो समय पुरुषका लागि पनि सेवा दिने सोचले नयाँ ब्यूटी पार्लर स्थापना गरेको हुँ,”– उनले भनिन।

उक्त ब्यूटी पार्लरले बेरोजगार युवा युवतीहरुलाई तालिम समेत प्रदान गर्दै आएकाले आगामी दिनमा पनि उक्त सेवालाई थप प्रभावकारी बनाउँदै अगाढि बढ्ने प्रतिवद्धता व्यक्त गरिन । आजदेखि सुरु भएको सैलुनले ब्यूटीपार्लर सम्बन्धि सम्पूर्ण सेवा प्रदान गर्नेछ ।

एक वर्षअगाडि स्थापना भएको लोत्से व्यवसायिक मलमा फिल्म हल, मोवाइल सेन्टर, बैँक, रेष्टुरेष्ट, लत्ताकपडा सामाग्री सञ्चालनमा आएपनि अन्य व्यवसायपनि क्रमशः विस्तार हुने क्रम जारी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार