• ट्रेण्डिङ :

नेपाल-भारतमा कोभिड खोपको मान्यता

नेपाल-भारतमा कोभिड खोपको मान्यता

cnewsnepal

मंगलबार, मंसिर ७ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


नेपाल र भारतसरकारबीच कोभिड खोप प्र्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी भएको छ ।

मंगलबार स्वास्थ्य मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र स्वास्थ्य सचिव डा. रोशन पोखरेलबीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारीसंगै भारत र नेपाल मध्ये कुनै एक देशको कोरोना खोप प्रमाणपत्रले दुवै देशमा मान्यता पाउनेछ । अब दुवै देशका नागरिकले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिएर मात्रै आवतजावत गर्न सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि कोरोना खोपको मान्यता नपाएको कारण नेपाल–भारत सीमामा आवत–जावतको समस्या भएको थियो । अब भने नेपालमा भारतबाट आई काम गर्ने कामदार र नेपालबाट भारत गई ज्याला मजदुरी गर्नेहरुलाई सहज भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार