• ट्रेण्डिङ :

नेसनल प्याब्सनले गर्‍यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति

नेसनल प्याब्सनले गर्‍यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति

cnewsnepal

सोमबार, जेष्ठ १९ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले झापा र सुनसरी जिल्लामा तदर्थ समिति गठन गरेको छ।

संगठनको हिजाे सम्पन्न बैठकले दुबै जिल्लामा नयाँ नेतृत्वसहितको समिति गठन गर्ने निर्णय गरेको हो।

सुनसरीमा गठन गरिएको तदर्थ समितिको संयोजकमा खगेन्द्र के.सी. चयन भएका छन्। समितिका सदस्यहरूमा विदूर वराल, अभिषेक घिमिरे, सुलोचना शाहा, श्रवण कुमार शाहा, रावेन्द्र शर्मा, मनोज शाह, उमेश मेहता र राम कुमार चौधरी रहेका छन्।

त्यस्तै, झापामा धर्म राज माझी संयोजक रहेको तदर्थ समिति गठन गरिएको छ। समितिमा सुवर्ण भट्टराई, धिरज नारायण गणेश, हरि धिमाल, पूजा कट्टेल, प्रवासी चौधरी, लक्ष्मी ढकाल, खेम दाहाल र विमल राजवंशी सदस्यका रूपमा रहेका छन्।

नेसनल प्याब्सनका अनुसार नवगठित तदर्थ समितिहरूले सम्बन्धित जिल्लामा संगठन सुदृढीकरण, विद्यालयहरूको हित संरक्षण, समस्या समाधान तथा संगठनात्मक गतिविधि सञ्चालनमा सक्रिय भूमिका खेल्नेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार