• ट्रेण्डिङ :

पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, २ गम्भीर घाइते

पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, २ गम्भीर घाइते

cnewsnepal

सोमबार, बैशाख ८ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


८ वैशाख, ताप्लेजुङ । धार्मिक तीर्थस्थल पाथीभरा जाँदै गरेको बोलेरो जिपमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्।

शनिबार बिहान फुङलिङबाट दर्शनार्थी बोकेर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप फुङलिङ नगरपालिका–१० स्थित सेवारो चोकमा दुर्घटनामा परेको हो। सडक छेउमा रहेको विद्युत् पोलबाट झुन्डिएको तारमा जिप अल्झिँदा एक्कासि करेन्ट लागेको र त्यसपछि आगलागी भएको प्रहरीले जनाएको छ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् एसएसपी भीमबहादुर दाहालका अनुसार घटनास्थलमै चार जनाको ज्यान गएको हो भने गम्भीर घाइते दुई जनाको जिल्ला अस्पताल फुङलिङमा उपचार भइरहेको छ। मृतक र घाइते सबैको पहिचान भने खुलिसकेको छैन।

विद्युत् पोलबाट लत्रिएको तार समयमै मर्मत नगर्दा ज्यानमारा दुर्घटना भएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन्। घटनापछि प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार