१९ फागुन, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य अत्याधिक बढाएको छ ।
बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ ।
शुक्रबार राती १२ बजे देखि लागू हुने गरि निगमले एकैपटकमा ५ रुपैयाँका दरले मूल्य बढाएको हो ।
खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै एकैपटकमा ५ रुपैयाँका दरले मूल्य बढाएकाे विज्ञप्तिमा जनाएको छ ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ भने डिजल र मटितेलको मूल्य १३३ रुपैयाँ प्रतिलिटर भएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार