• ट्रेण्डिङ :

पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई युवतीको मृत्यु

पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई युवतीको मृत्यु

cnewsnepal

आइतबार, मंसिर २४ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


२२ मंसिर, कास्की । पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई युवतीको मृत्यु भएको छ।

आइतबार साँझ स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार पोखरा महानगरपालिका—२५ हेमजा निवासी २३ वर्षीया अनिशा खड्का र पोखरा—५ बस्ने २४ वर्षीया भावना बराल मृत्यु भएको हो ।

पृथ्वीराजमार्गस्थित पोखरा—२६ सुन्दरीबजारमा पोखराबाट तालचोकतर्फ जाँदै गरेका बी एए ००४१ नम्बरको निजी कारले विपरीत दिशाबाट आउँदै गरेको ग१३प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले वताएका छन् ।

ठक्करबाट गम्भीर घाइते दुवै जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।

प्रहरीले कार चालक अर्घौं निवासी मानबहादुर बानियाँ र कार नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार