काठमाडौ, : स्काइटच वायोमेडले कोभिड-१९ स्वपरिक्षण किट बजारमा ल्यायको छ।
नेपाल सरकारले हालै जारी गरेको कोभिड-१९ को सेल्फ टेस्ट सम्बन्धिको कार्यविधी २०७८ भित्र रहि फ्लोफ्लेक्स नामक स्वपरिक्षण कीट बजारमा ल्याइएको कम्पनिका माहाप्रबन्धक अनुप शर्माले बताए।
शर्माका अनुसार रास्ट्रीय जनस्वास्थ्य प्रयोगशालाले यो स्वपरिक्षण किटलाइ भाद्र २९ गते स्वीकृति दिइ असोज २० गतेको निर्णयबाट सुचिकृत गरेको छ। यो किट कोरोना संक्रमणको लक्षण देखिएको ब्यक्ती तथा परिवारका सदस्यहरुले आफुलाइ कोरोना भय नभयको थाहा पाउने सहज विधि भएको बताइएको छ। यो FDA Emergency Use Authorisation प्राप्त छ। यो परिक्षणमा प्रयोगकर्तालाइ स्वाब संकलनकालागि स्वास्थ्यकर्मीको सहयोगलिनु पर्दैन।
१५ मिनेटमै कोभिडको नतिजा प्राप्त गर्नसक्ने यो किट पछिल्लो समय बेलायत, दक्षिण कोरिया, भारत लगायत विभिन्न देशहरुमा प्रयोगमा आइसकेको र ९८.८% Accuracy भएको उक्त किट केहिदिन यता नेपालमा पनि प्रयोगमा आइसकेको कम्पनिले जनाएको छ।
यो विधिबाट गरिएको परिक्षणको नतिजा पजेटिभ आय पिसिआर परिक्षण गराउनु पर्ने हुन्छ। नेगेटिभ नतिजा आए भने कुनै परिक्षण गराउनु पर्दैन। तर कोभिड-१९ को लक्षण देखिएको छ भने पुन: परिक्षण गराउनु पर्ने कार्यबिधिमा उल्लेख छ।
स्वपरिक्षण कीट नेपालमा पहिलो पटक बजारमा ल्याएको स्काइटच वायोमेडले यो विधि पिसिआर परिक्षण भन्दा सस्तो रहेको बताएको छ। यो किटको बजार मूल्य ७५०/- रुपैया तोकिएको छ।