• ट्रेण्डिङ :

बगुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, कान्ति राजमार्ग हुँदै यातायात पुनः सुचारु (तस्बिरहरू )

बगुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, कान्ति राजमार्ग हुँदै यातायात पुनः सुचारु (तस्बिरहरू )

cnewsnepal

आइतबार, जेष्ठ २५ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


२५ जेठ,हेटौंडा ।  मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सीमावर्ती क्षेत्रस्थित बगुवा खोलामा बेलिब्रिज जडान कार्य सम्पन्न भएको छ।

पुल निर्माणपछि कान्ति राजमार्गको सो सडक खण्डमा यातायात पुनः पूर्णरूपमा सञ्चालनमा आएको हाे।

बेलिब्रिज जडान कार्य सम्पन्न भएपछि लामो समयदेखि अवरुद्ध रहेको सडक अब दुवैतर्फका सवारी साधनका लागि सहज रूपमा सञ्चालनमा आएको छ। यसअघि बगुवा खोलामा पुरानो पुल बग्दा सडक अवरुद्ध हुँदा स्थानीयवासी र यात्रुहरूलाई आवागमनमा ठूलो कठिनाइ भएको थियो। वैकल्पिक मार्गको अभावमा दैनिक यात्रुहरू, बिरामी, विद्यार्थी र मालबाहक सवारी साधनहरू सबै प्रभावित भएका थिए।

स्थानीय, प्रदेश तथा संघ सरकारको समन्वयमा आवश्यक उपकरण र जनशक्ति परिचालन गर्दै बेलिब्रिजको जडान कार्य सफलतापूर्वक सम्पन्न गरिएको हो। सुरक्षाका मापदण्ड पालना गर्दै प्राविधिक टोलीले चाँडोभन्दा चाँडो निर्माण कार्य सम्पन्न गर्न सफल भएका हुन्।

पुल सञ्चालनमा आएसँगै स्थानीय जनताको दैनिकीमा सहजता आएको छ। व्यवसायिक कारोबार, कृषि उपजको ढुवानी, स्वास्थ्य सेवा पहुँच र विद्यालयमा विद्यार्थीको उपस्थिति पनि सहज हुँदै गएको छ।

यात्रु तथा सवारी चालकहरूले सडक पुनः खुल्नुलाई राहतको रूपमा लिएका छन्।

तस्बिरहरू

प्रतिक्रिया
सम्बन्धित समाचार