१९, चैत हेटौंडा । नेकपा एकीकृत समाजवादीको नेतृ एवं बागमती प्रदेश सदस्य रमा आले मगर मन्त्री नियुक्त भएकी छन् ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उनलाई सोमबार मन्त्री नियुक्त गरेको हो । रमा एकीकृत समाजवादीबाट प्रत्यक्ष निर्वाचन जित्ने एक्ली महिला सांसद हुन् । चन्द्रागिरी नगरपालिकाकी रमा काठमाडौं–१० ‘ख’ बाट प्रत्यक्ष निर्वाचित भएकी हुन् ।आलेलाई मंगलबार बिहान ९ बजेलाई शपथ ग्रहण गराउने गरी समय व्यवस्थापन गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
मुख्य मन्त्री कार्यालय स्रोतका अनुसार मन्त्री आलेमगरलाई मन्त्रालय तोकेको छैन । उनको मन्त्रालय भने सात दिनभित्र टुंग्याउने सहमति भएको स्रोतको भनाई छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार