काठमाडौं । थानकोटस्थित चन्द्रागिरि नगर अस्पतालका लागि स्वास्थ्य सामाग्री प्रदान गरेकाे छ ।
चन्द्रागिरि नगरपालिका स्थित भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हाे ।
भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरका अध्यक्ष राजेश घिमिरेले चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीलाई सामग्री हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा समाजसेवी देवेन्द्र प्रधान, चन्द्रागिरि नगरका प्रवक्ता कृष्णप्रसाद खड्गीको समेत उपस्थिति रहेको थियो ।
हामीले स्वास्थ सामग्री थानकोटस्थित चन्द्रागिरि नगर अस्पतालका लागि उपलब्ध गराइएको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरका अध्यक्ष राजेस घिमिरेले बताए ।
करिव १ लाख बराबरको सामाग्री प्रदान गरिएकाे अध्यक्ष घिमिरेले जानकारी दिए ।