• ट्रेण्डिङ :

मकवानपुरको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना, १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर

मकवानपुरको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना, १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर

cnewsnepal

मंगलबार, जेष्ठ ६ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


६ जेठ,हेटौंडा । मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी मोडमा आज दिउँसो चित्लाङबाट सर्लाहीको लालबन्दी जाँदै गरेको प्रदेश २-०३-००१ ज ०१४७ नम्बरको विङ्गर गाडी दुर्घटनामा परेको छ।

करिब २० मिटर तल खसेर सल्लाको रूखमा अड्किएको उक्त गाडीमा चालकसहित १४ जना सवार थिए।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भैसे र सिमभन्ज्याङबाट खटिएको टोलीले घाइतेको उद्दार गरी हेटौंडा अस्पताल पठाएको छ। प्रहरीका अनुसार १४ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ।

घटनास्थलमा इ.प्र.का. पालुङ, इ.प्र.का. भिमफेदी, र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षकको कमान्डमा २५ जनाको टोली परिचालन गरिएको थियो।

प्रारम्भिक अनुसन्धान अनुसार ब्रेक फेल भएको कारणले दुर्घटना भएको अनुमान गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार