• ट्रेण्डिङ :

मस्र्याङदी नदीमा हाम्फाल्दा श्रेष्ठको ज्यान गयाे

मस्र्याङदी नदीमा हाम्फाल्दा श्रेष्ठको ज्यान गयाे

cnewsnepal

शनिबार, फाल्गुन २४ २०७६
पढ्न लाग्ने समय: < १ मिनेट


गाेरखा २४ फागुन । गोरखा नगरपालिका–१३ स्थित मस्र्याङदी नदीमा हाम फाल्दा तनँहुका अनुप श्रेष्ठको ज्यान गएको छ ।

शुक्रबार राती मस्र्याङदी नदीको पुलबाट हाम फाल्दा तनँहु आवुखैरेनि गाउँपालिका–३ का ३१ वर्षीय श्रेष्ठको ज्यान गएको डिएसपी बासुदेव खतिवडाले जानकारी दिए ।

उनका अनुसार नदीमा हाम फाल्दा घाइते भएका श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो ।

घरायसी झगडाले घरदेखि भागेर नदी हाम फाल्न गएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार