२८ चैत्र काठमाडौं । मित्रता युथ क्लबले गरेकाे आकस्मिक रक्तदान कार्यक्रम ४० पिन्ट रगत संकलन भएकाे छ ।
चन्द्रागिरी नगरपालिका वडा नं १० मा रहेको मित्रता युथ क्लब ले आकस्मिक रक्तदान कार्यक्रममा ४० पिन्ट रगत संकलन गरिएको हाे ।
रोग, शोक र भोग बाट कोहि पनि मर्नु नपरोस भन्ने उदेश्यका साथ गरिएको उक्त रक्तदान कार्यक्रमको अध्यक्षता क्लब का अध्यक्ष सन्जय कार्की ले गरेका थिए भने कार्यक्रममा नमुना बस्ती सुधार समिती र सिम्चा फाट समाज चन्द्रागिरी १० लगायतले सहयोग गरेका थिए।
त्यस्तै कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधी भेषनाथ उपध्याय र महानगरिय प्रहरी प्रभाग बलम्वुकाे पनि सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष सन्जय कार्कीले हाल संकटको घडीमा टेवा पुगोस भन्नका लागि सुरक्षाका सम्पुर्ण विधि अपनाउदै कार्यक्रम सन्चालन गरेको र हालको अबस्थामा यस्ता कार्यक्रम फलदायी हुने बताएका छन ।त्यस्तै जनप्रतिनिधी भेषनाथ आचार्यले मुलुक संक्रमणमा गुज्रिरहेको बेला यस्ता कार्यक्रमले थप उर्जा मिल्ने धारणा राखेका थिए ।
त्यस्तै सहयोगी संस्थाहरु सिम्चा फाट समाजका अध्यक्ष तोकमान श्रेष्ठ र नमुना बस्ती सुधार समितीका अध्यक्ष सुरेन्द्र बाहादुर थापाले यस्ता मानवीय सेवाका कार्यक्रम आगामी दिनमा पनि अझ तदारुकताका साथ अगाडि बढाउनु पर्नेमा जोड दिएका थिए ।
तस्बिरहरू
