• ट्रेण्डिङ :

मुढा बनाएर दसैं तिहारमा घरखर्च पठाउँछन् कैदीबन्दी

मुढा बनाएर दसैं तिहारमा घरखर्च पठाउँछन् कैदीबन्दी

cnewsnepal

शनिबार, कार्तिक २० २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


aGbLn] agfPsf d'9f g'jfsf]6 sf/fuf/sf aGbLn] agfPsf d'9f . oxfF agfPsf d'9f u'0f:t/Lo x'g] ePsfn]] rLgsf] s]?ª ahf/df a9L laqmL x'g] u/]sf] 5 . tl:a/ M /fdxl/ Gof}kfg], g'jfsf]6, /f;;

तनहुँ कारागारका कैदीबन्दी आम्दानीको स्रोततर्फ लागेका छन्। विभिन्न अपराधमा सजाय पाएर कारागारमा रहेका कैदीबन्दीले समयको सदुपयोगसँगै आम्दानीको स्रोतको बाटो अवलम्बन गरेका हुन्।

कैदीबन्दीले कारागारभित्रै मुढा बुनेर आम्दानी गर्दै आएका छन्। कारागारमा बस्दा यत्तिकै जाने समयको सदुपयोग गर्दै उनीहरु मुढा बुन्न व्यस्त रहने गरेका छन्। मुढा बिक्री गरेर आम्दानी गरेको रकम कैदीबन्दीले घर पठाउने गरेका छन्।

कारागारका कैदीबन्दीले सीपको सदुपयोग गर्दै मुढा बुन्ने काम गरिरहेको कैदीबन्दी सुनिल पराजुलीले जानकारी दिए।पराजुलीका अनुसार कैदीबन्दीले मुढा बिक्री गरेर कमाएको रकम घरमा पठाउने गरेका छन्।

‘विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि कैदीबन्दीले मुढा बिक्री गरेर दसैँ–तिहारमा घर खर्च पठाएका छन्’, उनले भने, ‘कैदीबन्दी यतिबेला मुढा बुन्ने, टायर राख्ने, बिट मार्नेलगायतका काममा व्यस्त छन्।’

कारागारमा मुढा बुन्ने कामले मन बहलाउनुका साथै आम्दानीको स्रोत पनि भएको पराजुलीले बताए। उनले भने, ‘कारागारमा यत्तिकै बसिरह्यो भने पागलजस्तो भइन्छ। मुढा बुन्ने कामले चाहिँ दिन काट्ने वातावरण बनेको छ।’

कैदीबन्दीका अनुसार एउटा मुढा तयार गर्न दुई/तीन दिन लाग्छ। कारागारमा रहेका कैदीबन्दीले दसैँ–तिहारमा बढी मात्रामा मुढा बुन्ने गरेका छन्। दसैँ–तिहारमा मुढाको बढी माग हुने भएकाले चाडपर्वको बेला कैदीबन्दीलाई मुढा बुन्न भ्याइनभ्याई हुने गरेको छ। मुढा उठाउने, टायर राख्ने, बुन्ने, बिट मार्ने र बुट्टा भर्ने काम फरक–फरक व्यक्तिले गर्ने गरेका छन्। यसरी काम गर्दा एक जनाले मासिक पाँचदेखि ६ हजारसम्म कमाई गर्ने गरेका छन्।

कैदीबन्दीले बुनेका मुढा गुणस्तरीय र आकर्षक भएकाले बजारमा माग रहेको कारागारले जनाएको छ। एउटा मुढा २५० देखि रु ६०० सम्म बिक्री हुने गरेको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिए।

कारागारमा रहेका कैदीबन्दीलाई सीपको सदुपयोग गरी मुढा बुन्न प्रेरित गर्दै आयआर्जन गर्ने वातावरण सिर्जना गरिएको अधिकारीले बताए। ‘विभिन्न अपराधमा सजाय पाएर कारागारमा आएका कैदीबन्दी मुढा बिक्री गरी आयआर्जनको बाटोमा लागेका छन्’, अधिकारीले भने। जिल्ला कारागार तनहुँमा हाल २८२ जना कैदीबन्दी रहेका छन्। त्यसमध्ये आधाभन्दा बढीले कारागारमा मुढा बुन्ने गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार