• ट्रेण्डिङ :

मुलुकभर थप २५२५ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु

मुलुकभर थप २५२५ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु

cnewsnepal

मंगलबार, भाद्र ८ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


८ भदाै,काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ८१० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
 
मन्त्रालयका अनुसार ९ हजार ९०९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार २० जना र ४ हजार ९०१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
 
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ३१ हजार ९६८ पुगेको छ ।
 
पछिल्लो २४ घण्टामा २०८६ जना कोरोनामुक्त भए, ३५ को मृत्यु
 
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ८६ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ०२ हजार १८३ पुगेको छ ।
 
पछिल्लो २४ घण्टामा देशभर १४ हजार ८१० जनाको परीक्षण हुँदा हालसम्म कुल ४२ लाख ८९ हजार ३८२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
 
यसैगरी पछिल्लो २४ घण्टामा थप ३५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार