• ट्रेण्डिङ :

मुलुकभर थप २९६ कोरोना संक्रमण पुष्टि : ३६९ जना संक्रमणमुक्त, ५ को मृत्यु

मुलुकभर थप २९६ कोरोना संक्रमण पुष्टि : ३६९ जना संक्रमणमुक्त, ५ को मृत्यु

cnewsnepal

शुक्रबार, मंसिर ३ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं, ३ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप २९६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी ८,९७२ नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३६९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९९ हजार ५४५ रहेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४९४ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार