• ट्रेण्डिङ :

मुलुकभर थप ७०८ जनामा कोरोना पुष्टि, ९३२ डिस्चार्ज

मुलुकभर थप ७०८ जनामा कोरोना पुष्टि, ९३२ डिस्चार्ज

cnewsnepal

शुक्रबार, कार्तिक ५ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ३ सय ७६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार २ सय ५३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ७४ जना र २ हजार १ सय २३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २ हजार १पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९३२ जना कोरोनामुक्त , ११ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ९ सय ३२ जना निको भएर घर फर्किएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ८५ हजार ८ सय १३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३ सय ७६ जनाको परीक्षण हुँदा हालसम्म कुल ४९ लाख ९८ हजार ३ सय ४८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३२९ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार