२७ साउन, बुटवल ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्।मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि शुरु भएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन स्थगित भएको छ ।
विशेष अधिवेशन चल्दै गर्दा मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अधिवेशन स्थगित भएको हो ।
बुधबार दिउँसो १ बजेर १५ मिनेट जादा राजिनामा गरेकाे राष्ट्रिय जनमोर्चाका सांसद तारा जिसीले बताइन्।विशेष अधिवेशनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले अविश्वास प्रस्तावमाथि बोलेका थिए ।
सत्तारुढ नेकपा एमालेले बहिस्कार गरेको प्रदेशसभामा मुख्यमन्त्री पनि अनुपस्थित भएपछि सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीको जवाफका लागि प्रदेशसभा एक घण्टाका लागि स्थगित गरेका थिए ।आज प्रदेश प्रमुख अमिक शेरचनलाई मुख्यमन्त्री पोखरेलले राजीनामा पत्र बुझाएका हुन्।
मुख्यमन्त्री पोखरेल अल्पमतमा परेका थिए। उनको विपक्षमा ४१ जना सांसद छन् भने पक्षमा एमालेका ३८ सांसद मात्रै थिए। आज प्रदेश सभामा उनीविरूद्ध परेको अविश्वास प्रस्तावमाथि छलफल हुँदै थियो।पोखरेल ४१ महिना २४ दिन मुख्यमन्त्री रहे।
भावी मुख्यमन्त्रीका रूपमा विपक्षी गठबन्धनले नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई अगाडि सारेका छन्।प्रदेश प्रमुखले मुख्यमन्त्रीले दिएको राजीनामा स्वीकृत गरेका छन्।
हेर्नुहाेस राजिनामा पत्र

राजिनामा स्वीकृत
