होटल म्यानेजमेन्ट वा शैक्षिक क्षेत्रमा सिन्धुली कलेजको नाम नसुन्ने सायद कमै होलान् । सिन्धुलीमा मात्र नभइ काठमाडौं उपत्यकामा मात्रै नभइ होटल म्यानेजमेन्टको क्षेत्रमा देशैभर शैक्षिक क्षेत्रमा आफ्नो पहिचान बेग्लै बनाएको छ । यसको उत्कृष्ट कार्यले देशैभर चर्चा हुने गरेको पाइन्छ । उत्कृष्ट नतिजा ल्याउन सफल यस कलेज अधिकांश विद्यार्थीको रोजाईमा पर्ने गरेको छ । समयानुकुल शिक्षा प्रदान गर्दै आएको सिन्धुली कलेजले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान सीप मात्र नभई व्यवहारिक तथा प्रयोगात्मक सिकाईमा जोड दिने गरेको छ । यसै सन्दर्भमा कलेजका प्रबन्ध निर्देशक समीर ढकालसँग संक्षिप्त कुराकानी
कुराकानीको शिलशिला स्थापनाबाट अगाडि बढाउन है । सिन्धुली कलेज कहिले स्थापना भएको हो ?
सिन्धुली कलेज सन् ३१ साउन २०७५ मा स्थापना भएको हो । स्थापना हुँदा यो जनकपुर अञ्चल र सिन्धुली जिल्लाको पहिलो होटल म्यानेजमेन्ट कलेज थियो । स्थापना समयमा जम्मा १० जना विद्यार्थीहरूसँग सुरू गरिएको थियो ।
विद्यार्थीले सिन्धुली कलेज नै छनौट गर्ने ?
सिन्धुली एउटा यस्तो केन्द्र हो जहाँका मानिसहरूले शिक्षा जत्तिकै सीपलाई पनि महत्त्व दिन्छन् । यहाँ ऐतिहासिक, भौगोलिक हिसाबले पनि धेरै रोचकता छ र पर्यटकको संख्या पनि बर्सेनि बढ्दो छ । साथै, हामीले कलेज स्थापना गर्दा सिन्धुली प्राविधिक शिक्षाका लागि पनि प्रख्यात भइसकेको थियो । यहाँका विद्यार्थीहरूले भविष्यमा उपयोगी हुन सीप सिक्नुपर्छ भन्ने विश्वास राख्ने, होटल तथा आतिथ्य क्षेत्र पनि फस्टाइरहेको तर दक्ष जनशक्ति अभाव हुनाले यो कलेज स्थापना गरिएको हो । हाम्रो यो सोचलाइ वास्तविकतामा परिणत गर्नको निम्ति हाम्रो सिन्धुलीको सिक्षा क्षेत्रका र समाजका अग्रजहरुको पनि ठुलो भूमिका छ। र यस्तै विविध कारणहरुले गर्दा हामीले यस कलेजलाइ सिन्धुलीमा स्थापना गरेका हौँ।
अहिले कलेज स्थापना गर्दा के-कस्ता चुनौतीहरू भोग्नुपर्यो त्यसको अनुभव सुनाइदिनु न ?
हामी चुनौतीलाई सकारात्मक रूपमा लिन्छौं किनकि चुनौतीहरूले नै हामीलाई सक्षम बनाउँछन् । सुरुमा केहि चुनौतीहरू थिए — धेरैले होटल म्यानेजमेन्टलाई भाँडा माझ्ने, अरूको फोहर भाँडा उठाउने काम सम्झिन्थे । नकरात्मक विष्लेषण गर्नु हुन्थ्यो तर आफ्नै छर छिमेकको कलिलो विद्यार्थीहरुले आर्थिक रुपमा सफलता हासिल गरेर घर परिवारको आर्थिक स्थिति सबल बनाउदै गर्दा यी भ्रमहरु चिरिदै गए। वास्तविकता चांही के हो भने होटल म्यानेजमेन्ट भनेको होटल, रिसोर्ट, रेस्टुरेन्ट, स्पा, क्रुज, एयरलाइन्स जस्ता धेरै सम्मानजनक क्षेत्रहरुमा व्यवस्थापन सिकाउने सिक्षा हो ।
शिक्षा धेरै समस्या तथा अवसर पनि छन् । वास्तवमा शिक्षामा बढी नै चुनौती छन् भन्ने सुनिन्छ खासमा त्यस्तो केही छ र ?
अहिलेका चुनौतीहरू अलि फरक छन् र राम्रो चुनौतीहरू छन् । उदाहरणका लागि, विद्यार्थीलाई इन्टर्नशिप लागि उत्कृष्ट ५ तारे प्रोपर्टीहरू पत्ता लगाउने, नयाँ मुलुकहरू पत्ता लगाउने जहाँ हाम्रा स्नातकहरूले राम्रो तलब भत्ता सेवा सुबिधा पाउन सकून्, विद्यार्थीलाई सञ्चार र नेतृत्वको महत्त्व बुझाउने, नियमित तालिमबाहेक नयाँ खालका गतिविधिहरू पत्ता लगाउने र सबैभन्दा ठूलो कुरा विद्यार्थीलाई विकासमुखी सोच बनाउन प्रेरित कसरी गर्ने भन्ने जस्ता चुनौतीहरु छन ।
तपाईंहरूले के–के पाठ्यक्रमहरू उपलब्ध गराउनुहुन्छ ?
हाम्रो नाम सिन्धुली कलेज अफ होटल म्यानेजमेन्ट भए पनि हामीले +2 (एनइबी) होटल म्यानेजमेन्टमा, सामान्य व्यवस्थापन (जसलाई सिन्धुलीमा कमर्स पनि भन्ने गर्छन) र कम्प्युटर साइन्स पढाउँछौं । साथै, छोटो अवधि र प्राविधिक डिप्लोमा तथा एडभान्स डिप्लोमा कोर्ष पनि छन् । हामीसँग +2 र डिप्लोमाको संयोजन कोर्ष पनि छ । दुई वर्षमा विद्यार्थीले +2 को प्रमाणपत्र र डिप्लोमा प्रमाणपत्र दुबै पाउँछन् । +2 को प्रमाणपत्रले बीबीए, बीएचएम, बीबीएस वा बीएससीआइटी जस्ता विषय पढ्न सहयोग गर्छ भने डिप्लोमा प्रमाणपत्रले विदेशमा काम गर्दा राम्रो अवसर र तलब भत्ता दिलाउँछ ।
अन्य स्थानका कलेजभन्दा सिन्धुली कलेज किन विशेष छ ?
हाम्रो कलेजलाई विशेष बनाउने मुख्य कुरा भनेको व्यावहारिक कक्षा हो, विशेषगरी होटल म्यानेजमेन्टमा । हाम्रो डिप्लोमा कोर्षको ७०–८०% व्यावहारिक हुन्छ, किनकि सीप हस्तान्तरण गर्नु मुख्य कुरा हो । अर्को कुरा के हो भने अन्य कलेजले दुई वर्ष पढाएर आफ्नो भूमिका सिद्धिएको महसूस गर्छन तर हामीले भने विद्यार्थीलाई सम्मानजनक तलब सहित इन्टर्नशिप गराउँछौं ताकि उनीहरूले प्रत्यक्ष अनुभव लिन सकून् । इन्टर्नशिप पश्चात, जापान, दुबई, कतार, मलेसिया, युरोपजस्ता मुलुकमा रोजगारीका लागि सहि अवसर छनोट गर्न विद्यार्थीलाई सहयोग गर्छौं। हाम्रो कर्तव्य भनेको हाम्रो कलेजमा पढ्ने विध्यर्थिलाई कलेज र परिक्षामा मात्र सफल बनाउनमा हामि सिमित छैनौ, त्यो सिक्षा र त्यो परिक्षाको परिणाम प्रयोग गरेर आफ्नो करिअरमा सफल बनाउनको निम्ति पनि हाम्रो साथ् र सहयोग रहनेछ। शायद यिनै कारणहरुले गर्दा हामी पृथक छौं।
कलेजले हालसम्म के कस्ता र उपलब्धि हासिल गरिसकेको छ ?
सबैभन्दा ठूलो उपलब्धि भनेको सिन्धुलीमा होटल म्यानेजमेन्टमा रहेका चुनौतीहरू पार गर्दै सयौं विद्यार्थीलाई शिक्षा दिन सफल हुनु हो । अर्को गर्वको कुरा के छ भने हामी संग अध्ययन गरेका ७०–८०% विद्यार्थी नेपाल वा विदेशमा रोजगारीमा छन् वा आ–आफ्नो व्यवसाय गरिरहेका छन् । साथै, १० भन्दा बढी विद्यार्थीहरू विदेशी मुलुकमा ‘अर्न एन्ड लर्न’ मोडलमा छन् जहाँ उनीहरूले मासिक ४०,००० देखि ७०,००० कमाउँछन् र ब्याचलर डिग्री पनि पढिरहेका छन् । अर्को चार वर्षमा उनीहरूले स्नातक डिग्रीसँगै अनुभव समेत आर्जन गरेर अझ राम्रो करियर बनाउने छन् । हामीले +२ गरेर हरेस खाएको विद्यार्थीहरुलाइ पनि एउटा भविश्य देखाउन सफल भएका छौं भने ब्याचलर पढेर न्यून आय भएको व्यक्तिलाई दक्ष बनाएर सफल पनि बनाएका छौं। अनगिन्ति कथाहरु छन् र यहि नै हो हाम्रो उपलब्धीहरु पनि