• ट्रेण्डिङ :

विराटनगरमा आजदेखि उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन हुँदै

विराटनगरमा आजदेखि उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन हुँदै

cnewsnepal

शुक्रबार, जेष्ठ २३ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


विराटनगर महानगरपालिकाको आयोजनामा आज र भोलि सम्मेलन हुनेछ । संविधानले उपप्रमुख तथा उपाध्यक्षहरुलाई क्षेत्राधिकार तोकेका विषयमा अन्तर तह अनुभव साटासाट तथा अझै परिस्कृत कार्यसम्पादनका लागि संवाद गर्न राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागिएको हो । विराटनगरको वीरेन्द्र सभागृहमा हुने सम्मेलनको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् ।

सम्मेलनमा ६ वटा महानगरका उपप्रमुख, ११ उपमहानगरका उपप्रमुख, कोशी प्रदेशका १३६, मधेस प्रदेशका ७३, वागमती प्रदेशका ४१ र बाँकी ५ वटा प्रदेशका केही पालिकाका गरी २९१ जना उपप्रमुख र उपाध्यक्षहरुको सहभागिता हुनेछन् ।

सम्मेलनमा न्याय प्रणालीमा विवाद निरुपण गर्न न्यायिक समितिका संयोजक एवं पदाधिकारीहरुमा चाहिने ज्ञान, सीप तथा कार्य दक्षता सम्बन्धी काशीराज दाहाल, वित्तीय संघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिका तथा प्रयास सम्बन्धी डा‍‍. गोपी खनाल र स्थानीय सरकार सञ्चालन र विकास प्रक्रियामा उपप्रमुख तथा उपाध्यक्षहरुको भूमिका सम्बन्धी रमेश अधिकारीले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सम्मेलन विराटनगर घोषणा पत्र जारी गर्दै समापन हुने जनाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार