• ट्रेण्डिङ :

शिक्षा क्षेत्रमा योगदान पुर्‍याउँदै आएका ऋचा सह शिक्षा सदनका सञ्चालक नवराज खड्का सम्मानित

शिक्षा क्षेत्रमा योगदान पुर्‍याउँदै आएका ऋचा सह शिक्षा सदनका सञ्चालक नवराज खड्का सम्मानित

cnewsnepal

सोमबार, जेष्ठ १९ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


१९ जेठ,काठमाडौं । चन्द्रागिरि नगरपालिका–दहचोकस्थित ऋचा सह शिक्षा सदनका संस्थापक सञ्चालक नवराज खड्का राष्ट्रिय सभाको उपाध्यक्ष विमला घिमिरेद्धारा सम्मानित भएका छन्।

तिलक फिल्मसको आयोजनामा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रमा निरन्तर योगदान पु¥याउँदै आएका खड्कालाई सम्मान गरिएको हो। आयोजक संस्थाले खड्कासहित विभिन्न सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्व तथा संस्थाहरूलाई समेत सम्मान गरेको जनाएको छ।

साथै, ऋचा सह शिक्षा सदनका संस्थापक प्रिन्सिपल समेत रहनुभएका खड्काले यसअघि पनि राजधानीका ग्रामीण क्षेत्रमा विद्यालय सञ्चालन गरी शिक्षा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै राष्ट्रिय सभाका अध्यक्ष, शिक्षा मन्त्रीलगायत विभिन्न उच्चपदस्थ व्यक्तिहरूबाट सम्मान प्राप्त गरिसकेका छन्।

खड्काले शिक्षा क्षेत्रमा समर्पित रहँदै समुदायमै पुगेर गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिँदै आउनुभएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार