• ट्रेण्डिङ :

शैक्षिक विकासका लागि श्री चण्डिका देवी मावि बाडभन्ज्याङमा धार्मिक महायज्ञ तथा शैक्षिक महोत्सव

शैक्षिक विकासका लागि श्री चण्डिका देवी मावि बाडभन्ज्याङमा धार्मिक महायज्ञ तथा शैक्षिक महोत्सव

cnewsnepal

आइतबार, मंसिर १२ २०७८
पढ्न लाग्ने समय: < ३ मिनेट


रोसन दानी, १२ मंसिर, काठमाण्डौं । चन्द्रागिरि नगरपालिका वडा नं. २ बाडभन्ज्याङमा रहेको श्री चण्डिका देवी माध्यामिक विद्यालयका भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा (११,१२) सञ्चालनका लागि सहयोगार्थ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवम् श्री चण्डिका देवी मावि धार्मिक तथा शैक्षिक महोत्सव २०७८ सुरु गरिने भएको छ ।

महायज्ञको सोमवारबाट एक भव्य कार्यक्रमका विच उद्घाटन हुन लागेको हो ।

महायज्ञ मुल आयोजक समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रवण सुवेदीले श्री चण्डिका देवी  मा .वि .,च.न.पा .–२, बार्डभन्ज्याङमा यहि मङ्सिर १३गते देखि २१ गते सम्म हुनगइ रहेको श्रीमद्भागवत ज्ञान् महायज्ञ गरिन लागेको बताए ।
सुवेदीले धार्मिक महायज्ञलाई सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका रुपमा आयोजना गरिन लागेको जानकारी दिए । उनले ग्रामिण क्षेत्रको विद्यालयको हरेक गतिविधिमा सरिक भई पुर्णय कमउन आग्रह गरे । सवैको साथ र सहयोगले मात्र शैक्षिक क्षेत्रको विकास र रुपान्तरणमा महत्वपुर्ण भुमिका खेल्ने हुदा एक पटक पवित्र कार्यका लागि सहयोग र सद्धभावका लागि सवैमा अनुरोध समेत गरेका हुन् ।

शैक्षिक विकासका लागि धार्मिमक महायज्ञ :  प्रअ गोविन्द बुढाथोकी
कार्यक्रममा विद्यालयका प्रअ गोविन्द बुढाथोकीले विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि धार्मिक महायज्ञ महत्वपुर्ण सावित हुने बताए । नेपालमा सामुदिायक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि भागवत गिताका माध्यमवाट आफु लागि परेको भन्दै उनले चन्द्रागिरिको श्री चण्डिका देवी माविमा सञ्चालन हुने भएको महायज्ञ महत्वपुर्ण सावित हुने बताएका हुन ।

साहेक प्रअ दिनेश दाहालका अनुसार श्री चण्डिका देवी माध्यामिक विद्यालयको भवन निमार्ण र विद्यालयको चौतर्फी विकास गर्ने उदेश्यका साथ गर्न लागिएको पवित्र कार्यमा सवैको साथ र सहयोग आवश्यक रहेको औलाए ।

महायज्ञ मुल आयोजक समितिका सदस्य तथा प्रचारप्रसार विभाग संयाेजक दिनेश परियारले सामुदायिक विद्यालयको भौतिक सुधारसँगै प्राविधिक शिक्षाको सञ्चालनका लागि सुरुवात भएको महायज्ञलाई सफल बनाउन स्थानीय सरकारको मुख्य दायित्व भएको बताए । देशको आर्थिक समृद्धिसँगै दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक जनशक्ति आवश्यक रहेको भन्दै उनीहरुले चण्डिका देवी माध्यामिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि धार्मिक महायज्ञ महत्वपुर्ण सावित हुने उनको बुझाई छ ।
महायज्ञमा धार्मिक अभियन्ता पंश्री वाशुदेव घिमिरेको मुखाराविन्दबाट कथा बाचन हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार