• ट्रेण्डिङ :

समातामूलक समाज निर्माणका लागि दलित महिला जनप्रतिनिधिको भूमिका महत्वपूर्णः प्रदेश प्रमुख पौडेल

समातामूलक समाज निर्माणका लागि दलित महिला जनप्रतिनिधिको भूमिका महत्वपूर्णः प्रदेश प्रमुख पौडेल

cnewsnepal

सोमबार, असार २८ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले समातामूलक समाज निर्माणका लागि दलित महिला जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

    जिल्ला समन्वय समितिद्वारा आज यहाँ आयोजित ‘स्थानीय तहमा निर्वाचित दलित महिला सदस्य तथा जिसस पदाधिकारीको क्षमता अभिवृद्धि’ कार्यक्रमको उद्घाटन गर्र्दै उहाँले जातीय भेदभाव अन्त्यका लागि सम्बन्धीत सबै पक्ष सजग र सचेत हुनुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेश प्रमुख पौडेलले दलित समुदायको उत्थानका लागि नीति, कार्यक्रम तथा योजना तर्जुमादेखि कार्यान्वयन तहसम्म दलित जनप्रतिनिधिको अर्थपूर्ण सहभागिता हुनुपर्ने उल्लेख गर्दै ती समुदायको गाँस, बास र कपासजस्ता आधारभूत आवश्यकता परिपूर्तिका लागि दलित महिला सदस्यको भूमिका प्रभावकारी हुनुपर्छ भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले नेपालको संविधानको प्रस्तावनामा नै सबै खाले विभेद्को अन्त्य र मौलिक हकअन्तर्गत समानताको हक, छुवाछुत तथा भेदभावविरुद्धको हकको व्यवस्था गरिएको बताउँदै जनप्रतिनिधिले आफ्नो अधिकारको प्रयोग गरेर सामाजिक रुपान्तरणमा जुट्नुपर्ने व्यक्त गर्नुभयो ।

जिससका प्रमुख बैनबहादुर क्षेत्रीले सबै प्रकारका जातीय विभेद्, कुरीति, कुसंस्कार, अन्धविश्वासलगायत अमानवीय व्यवहारलाई निर्मूल पार्ने अभियानमा जनप्रतिनिधिहरु लाग्नुपर्नेमा जोड दिनुभयो ।

दुई दिनसम्म सञ्चालन हुने सो कार्यक्रममा कास्कीका ७२ वडाका ३६ जना दलित महिला सदस्यको सहभागिता रहेको जिससका उपप्रमुख सावित्री भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार