• ट्रेण्डिङ :

सरकारले लिँदै विश्व बैङ्कबाट २० अर्ब बढी ऋण (मन्त्रिपरिषद्का निर्णयसहित)

सरकारले लिँदै विश्व बैङ्कबाट २० अर्ब बढी ऋण (मन्त्रिपरिषद्का निर्णयसहित)

cnewsnepal

सोमबार, कार्तिक ५ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने १५० मिलियन अमेरिकी डलर (करिब २० अर्ब १२ करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गरेको छ ।

२०८१ कात्तिक ४ गते आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्रीमन्त्री पृथ्वीसुब्बा गुरुङले सो जानकारी गराएका हुन् ।

त्यस्तै विश्व बैङ्कबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्रश्ताव गरिएको करिब १३५ मिलियन अमेरिकी डलर (करिब १८ अबै १० करोड रुपैयाँ) ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय गरेको छ ।

  

प्रतिक्रिया
सम्बन्धित समाचार