• ट्रेण्डिङ :

९ महिनामा ११ खर्ब ९१ अर्ब रेमिट्यान्स भित्रियो

९ महिनामा ११ खर्ब ९१ अर्ब रेमिट्यान्स भित्रियो

cnewsnepal

आइतबार, बैशाख २८ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२८ बैशाख,काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा ११ खर्ब ९१ अर्ब रेमिट्यान्स भित्रिएको छ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनाको आर्थिक तथा वित्तीय स्थितिअनुसार ११ खर्ब ९१ अर्ब ३१ करोड रेमिट्यान्स भित्रिएको हो।

यस अविधमा रेमिट्यान्स १० प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष सोही अवधिमा १७.२ प्रतिशत बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो।

चालु आव ९ महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ३ लाख ५८ हजार २२ छ। यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने २ लाख ४९ हजार ६ सय ५२ पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार