२८ बैशाख,हेटौंडा । मकवानपुर, मनहरी गाउँपालिका-८ स्थित ज्यामिरे चौधमाईलमा पूर्व-पश्चिम सडकखण्डमा इट्टा लोड ट्रक दुर्घटनामा दुईजना घाइते भएका छन्।
सर्लाहीबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३-००२ ख ३२५४ नम्बरको ट्रक सडकको बाँया साइडमा रहेको बिजुलीको पोलमा ठोक्किएर पल्टिँदा दुर्घटना भएको हो।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक सन्तोष कुवँर थारुको नेतृत्वमा टोली खटिएको थियो। टोलीले ट्रक चालक रौतहट चन्द्रपुर नगरपालिका-२ का ३१ वर्षीय सन्दिप लामालाई टाउको र घाँटीमा चोट लागेको र ट्रक साहु सर्लाही बागमती गाउँपालिका-८ का ३१ वर्षीय नविन कुमार गरङ्जालाई बाँया खुट्टामा चोट लागेको अवस्थामा उद्धार गरी मनहरी अस्पताल पठाएको जनाएको छ।
ट्रक चालकको अवस्था मध्यम र ट्रक साहुको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।