काठमाडौं, १६ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार आज १४ हजार ९३५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा १० हजार ६१२ जनाको पिसिआर र ४ हजार ३२३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। त्यस्तै, ३ हजार ३० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यसको संक्रमणबाट थप २० जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ७७० पुगेको छ ।
यस्तै काठमाडौं उपत्यकामा ७१९ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना संक्रमित थपिएका हुन्।
प्रतिक्रिया
सम्बन्धित समाचार